सलिना बनिन् 'मिस नेवा: ११४२'

काठमाडाैं | बैशाख १९, २०७९

सलिना बनिन् 'मिस नेवा: ११४२'

काठमाडौं:    काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छिन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।

 

उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहि¥याइदिएकी थिइन् । साथै उनी क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के–के गुण हुन जरुरी छ भनेर प्रश्न सोधेका थिए ।

 

जवाफमा महर्जनले नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्